नियम १५
तामेलीको जाँच गर्ने
: नियम ११,१२ वा १४ बमोजिम म्याद वा सूचना तामेल भई आएपछि रजिष्ट्रारले रीतपूर्वक तामेल भएको छ, छैन आवश्यक भए तामेल गर्ने कर्मचारीको प्रतिवेदन समेत लिई _रीतपूर्वक तामेल भएको देखिएमा तामेली म्यादको प्रति मिसिल साथ राख्नु पर्नेछ र रीत नपुगेको भए त्यस्तो म्याद वा. सूचना बदर गरी पुनः म्याद वा सूचना तामेल गराउनु पर्नेछ।